दमौली : तनहुँको ऑबुखैरेनी गाउँपालिकाले युवाहरुलाई निशुल्क कम्प्युटर तालिम दिने भएको छ ।
गाउँपालिकाले मंगलवार एक सुचना जारी गर्दै उद्यमी विकास तथा सिपमुलक कार्यक्रम अन्तर्गत निशुल्क कम्प्युटर तालिम दिन लागेको हो ।
सूचनानुसार कम्प्युटर तालिम अन्तर्गत कम्प्युटर डिप्लोमा इन सफ्टवेयर र हाडवेयर कोर्ष निशुल्क प्रदान गर्न लागिएको जनाएको छ । तालिम सहभागी हुनका लागि वेसिका कोर्ष अनिवार्य गर्नु पर्ने प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए ।
सूचना प्रकाशन भएको ७ दिन भित्रमा आवेदन दिइसक्नु पर्ने पालिकाले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?