काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलता भएको बताएका छन् ।
बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् ।
कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।
‘अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?