दमौली : तनहुँको बन्दिपुर गाउँपालिकाले सुन्दर पर्यटकिय नगरी बन्दिपुर बजारमा नियमविपरीत राखिएका फ्लेक्स बोर्ड हटाउन थालेको छ ।
पर्यटकिय क्षेत्र भएकोले उक्त कार्य सुरु गरेको बन्दिपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार मापदण्ड अनुसारको बोर्ड भने राख्न पाइने छ ।
अहिले मापदण्ड विपरीतका मात्रै बोर्ड हटाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए ।
साथै बजार क्षेत्रमा नियमविपरीत अव्यवस्थित रुपमा राखिएका टेवल, कुर्ची तथा व्यापारिक प्रयोजनका सामाग्रीहरु हटाई व्यवस्थित गर्न समेत व्यवसायीलाई गाउँपालिकाले आग्रह गरेको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?