आज सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय कायम

काठमाडौं : आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

मंगलबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ ।

चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?