
दमौली : माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्ने दिन।
श्रीपञ्चमीका अवसरमा आज विशेष गरी सरस्वती माता को पूजा गरिन्छ । विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र साना नानीलाई अक्षरारम्भ गराउने चलन छ। आज देशभरि सरस्वतीको पूजा–आराधना गरिँदैछ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।
तनहुँको दमौलीमा सरस्वती माताको पूजा आराधना हुँदै साथै विद्यार्थी एबं भक्तजनहरू अक्षरारम्भ गर्दै हेर्नुहोस् तस्बिर ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?