दमौली : भारतको अयोध्यामा निर्माणाधीन श्रीराम मन्दिरमा राखिने भगवान श्रीरामको मूर्ति बनाउनका लागि कालिगण्डकी नदीबाट निकालिएको शिला भोलि दमौली आइपुग्ने भएको छ ।
बिहिबार पूजाआजा सहित गलेश्वरधाम हुँदै बेनीबजारमा शोभा यात्रा गरी बिदाई गरिएको शिला भोलि शुक्रवार १२ बजे दमौलीमा आइपुग्ने विश्व हिन्दु परिषद नेपालका केन्द्रीय महासचिव जितेन्द्र सिंहले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, तनहुँको अगाडी सर्वसाधारणको दर्शन लागि केही समय राखिने महासचिव उनले बताए ।
भारतको उत्तर प्रदेशमा पर्ने फैजावाद जिल्लाको अयोध्यामा निर्माणाधिन राममन्दिरमा राखिने प्रतिमामा प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम क्षेत्रमा पर्ने कालिगण्डकी नदी किनारको शिला जनकपुरधाम हुँदै अयोध्या पठाउनेछ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?