
तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईले जिल्ला प्रशासन तनहुँका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गर्दै पत्र बुझाएका छन । इकाइले लामो समयदेखि लाकडाउनका कारण ब्यबसयीहरु मर्कामा परेको भन्दै अब लाकडाउनका पालना गर्न नसक्ने जनाएको छ ।
तनहुँमा भदौ १५ गते सम्म लाकडाउन जारी भएता पनि इकाईले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्बहरुलाई मध्यनजर नजर गर्दै सम्पूर्ण व्यवासायीहरुलाई सहज रुपमा ब्यबसाय संचालन गर्न गराउन प्रशासनबाट सहयोगको माग गरेका छन । पत्रमा भनिएको छ लामो समयदेखि लाकडाउनका कारणले ब्यबसयीहरु मर्कामा छन् घरभाडा समेत तिर्न मुस्किल रहेको भन्दै पत्रकै आधारमा आगामी दिनहरुमा पनि लाकडाउन रहे तेस्को पालना गर्न गार्हो हुने उल्लेख गरिएको छ ।
यस अघि प्रशासनले खाद्यान्न तरकारी, फलफुल, माछा र मासु लगायतका अत्यावश्यक सेवा तथा वस्तुहरु बिहान ५ बजेदेखि ११बजे सम्म मात्र खोल्न अनुमति दिइएको थियो । त्यस्तै खोल्न अनुमति दिइएका सेवा तथा व्यवसायहरु भने १२ बजेदेखि ६ बजेसम्म संचालन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?