पाँच दिने प्रभावकारी भाषणकला तालिम सम्पन्न

दमौली : तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिद्वारा ५  दिने प्रभावकारी भाषणकला तालिमको समापन गरिएको छ ।  महिला उद्यमी विकास समितिले महिला लक्षित कार्यक्रम अन्तर्गत  भएको ५ दिने उदघोषण , नेतृत्व विकास तथा भाषणकला तालिमको आइतवार समापन गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै व्यास नगरपालिका-२ का वडाध्यक्ष काशीराम श्रेष्ठले ज्ञान र सम्पत्तिले मानिसलाई कहिले अनत्य हुन नसक्ने बताउदै  महिलाहरुले ज्ञान र सिपहरु मात्र नभएर बोल्ने कलामा पनि विकास गर्नु पर्ने जोड दिए ।

त्यस्तै, व्यास नगरपालिका-३ का वडाध्यक्ष अनुप रानाले यस्ता नेतृत्व तालिमले महिलाहरुको क्षमता विकासमा सहयोग पुग्ने बताए  । यस्ता तालिमका लागि अन्फो वडा सदैब साथमा रहेको बताए  ।

उक्त कार्यक्रममा कार्यक्रमा तनहुँ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ईम कुमार मल्ल, द्धितीय उपाध्यक्ष कुमार मल्ल , कोषध्यक्ष दिनेशकुमार श्रेष्ठ, महिला विकास समितिका निवर्तमान सभापति राधिका परियार, दमौली बजार इकाई समितिका सभापति भुपाल आले ,महिला उद्यमी संघ तनहुँका अध्यक्ष निर्मला मल्ल लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?