एक सातादेखि म्याग्देका सुमन सम्पर्कविहिन

दमौली :  तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्तीका एक युवा विगत एक सातादेखि सम्पर्कविहिन भएका छन् । सुस्त मनस्थितिका २४ वर्षीय सुमन श्रेष्ठ माघ १० गतेदेखि सम्पर्कविहिन भएका हुन् ।

सधैंजसो दमौली गएर आउने गर्नुभएका सुमन माघ १० गतेदेखि घर नफर्किएको निजका बुबा रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

सुमनका आमा उमादेवी छोरा सम्पर्कविहिन भएदेखि चिन्तित छिन्। “छोरा हराएको दिनदेखि आमा राम्रोसँग निदाउन पनि सकेकी छैन,” निजका बुबा रामप्रसाद श्रेष्ठले भने ।

” बिहान बेलुका नियमित औषधी सेवन गर्नुपथ्र्यो , छोराको उपचारका लागि धेरै ठाउँमा गएपनि सुधार भएन ” उनले भने : “छोराले मान्छे चिन्ने भएतापनि कहिलेकाँही भुल्ने समस्या थियो, ।” छोराको खोजीकार्यका लागि प्रहरीमा खबर गरेपनि केही पत्ता नलागेको उनले गुनासाे गरे ।

करिब पाँच फिट चार इन्च अग्ला सुमनलाई देखेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?