सन्दीपलाई थुनामा राख्नुपर्ने भन्दै सर्वोच्च अदालत पुग्यो महान्यायाधिवक्ता कार्यालय

काठमाडौं : जबर्जस्ती करणीको आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायधिवक्ता कार्यालय सर्वोच्च अदालत पुगेको छ।

महान्यायधिवक्ता कार्यालयले मंगलबार उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै पुनरावेदन दर्ता गरेको हो।

सन्दीपलाई थुनामै राख्नुपर्ने माग महान्यायधिवक्ता कार्यालयको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले मुद्धा पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?