दमौली : तनहुँका नयाँ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पत्रकारहरुले दलीय आबद्धता भन्दा टाढा रहेर काम गर्नुपर्ने बताएका छन् । बुधबार जिल्लाका पत्रकारसँग आयोजित भेटघाटमा दलीय आबद्धता भन्दा टाढा रहेर काम गर्नुपर्ने रिजालले बताएका हुन् ।
“पत्रकार जगत नागरिक समाजको अंग हो”, उनले भने : नागरिकको जनजीविकाका सवाल र सुशासनका लागि पत्रकारले आवाज उठाउनुपर्छ” ।
अहिले नेपालमा लोकतान्त्रिक व्यवस्था रहेको बताउदै उनले लोकतन्त्र सुदृढीकरणका गर्नका पत्रकारहरुले कलम चलाईराख्नुपर्ने बताए । उनले सडक दुर्घटना न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न कटिवद्धता रहेको बताए ।
तनहुँको शान्ति सुरक्षा कायम गर्न र यहाँका विकास निर्माणमा तीव्रता दिनका लागि स्थानीय, प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्ने प्रजिअ रिजालको भनाई थियो ।
प्रजिअ रिजालले सोमबार मात्रै तनहुँको कार्यभार सम्हालेका थिए ।
उक्त भेटघाट कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरे , पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले, जिल्ला अध्यक्ष उज्वल पौडेल , पुर्व जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराई, निवर्तमान अध्यक्ष ओमकार आचार्य लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?