तनहुँमा थप ३ जनाको मृत्यु: ११ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा  तनहुँमा ३ जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका दुई र भिमाद नगरपालिकाका एक गरि ३ जना महिलाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु  हुनेमा व्यास नगरपालिका–१ की ५५ वर्षीया महिला र सोहि नगरपालिका–११ की ६४ वर्षीय महिला र भिमाद नगरपालिकाका- २ की ८० वर्षीया महिलाको मृत्यु भएको जनाएको छ ।

येसैगरि तनहुँमा आइतबार ११ जनामा कोरोना पुष्टि भएको छ ।जस्मा ८ जना पुरुष र ३ जना महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?