जनसेवा सहकारी संस्थाको भवन शिलन्यास

दमौली : तनहुँको म्याग्दे गाँउपालिका- ४, थर्पुमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको आफ्नै भवन निर्माणको शिलन्यास भएको छ ।

भवन निर्माणको शिलन्यास गर्दै गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहकारीले कृषि तथा उत्पादनको क्षेत्रमा ठुलो योगदान दिएको वताए । सहकारीले विभिन्न चरणमा विभिन्न कृषि मेला गर्दे आईरहेकोले पनि यसले आफनो जिम्मेवारी वहन गरेको पुष्टि भएको वताए ।

पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सहकारीको माध्यामवाट समाजलाई एकीकृत वनाउन सकिने वताए । सहकार्य र सहकारी नै समाज परिवर्तनको साधन भएको हँुदाँ अगामी दिनमा झन यसको दायरा फराकिलो वनाएर कृषि र उत्पादनमा जोड्न प्रेरित गर्नुपर्ने वताए ।

संस्थाको संस्थापक अध्यक्ष निल वहादुर थापाले संस्था यहाँ सम्म आईपुग्न सवैको साथ र सहयोग रहेको हुदाँ अगामी दिनमा थप परिस्कृत भएर काम गर्नुपर्ने वताए  ।

२०३४ सालमा स्थापित भएको सहकारीले कृषिमा आधारित भएर काम गर्दे आईरहेको संस्थाको अध्यक्ष दुर्गा वहादुर अधिकारीले वताउनुभयो । ६२० जना शेयर सदस्य रहेको सहकारी संस्थाले कृषिलाई प्राथमिकता दिएर वचत तथा ऋणको कारोवार पनि गर्दे आईरहेको छ ।
१ रोपनी जग्गाको क्षेत्रफलमा वन्ने भवनको २० लाख स्टमेट रहेकोमा ५० प्रतिशत म्याग्दे गाँउपालिका र ५० प्रतिशत सहकारीको लागत सहभागितमा निर्माण हुनेछ ।

सहकारीले हाल रसायनिक मल विक्री वितरण गरि स्थानिय समुदायलाई सेवा दिईरहेको छ । संस्थाका सचिव जितराज रानाले संचालन गरेको कार्यक्रममा समाजका प्रभुत्व तथा वौद्धिक व्य्िक्त, समाजिक अगुवा लगायत स्थानिय जनताको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष ०७९/०८० को वजेट वाट निर्माण गरिएको भवन ०८० असार मसान्त भित्र भवन निर्माण सक्ने संस्थाले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?