दमौली : तनहुँमा प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी उपरीक्षक (एसपी) प्रमुख राजेन्द्रबाबु रेग्मीकाे सरुवा भएपछि उनको ठाउँमा एसपी अवदेश विष्ट आउने भएका हुन् ।
बिष्ट काठमाडाै उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण याेजना विकास शाखा काठमाडाैमा कार्यरत छन् ।
हालका प्रमुख रेग्मीकाे भने सर्वाेच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइमा सरुवा भएकाे जनाएको छ ।
नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?