धनगढी : प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो।
बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ ।
१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?