सांसद चौधरीलाई छाड्न नागरिक उन्मुक्तिको जुलुस

धनगढी : प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरी पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रदर्शन गरेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा नाउपाले विरोधमा राँके जुलुसहित प्रदर्शन गरेको हो।

बाँकेबाट बिहीबार पक्राउ परेका चौधरीलाई शुक्रबार जिल्ला अदालतले कारागार चलान गरेको छ ।

१३ वर्ष अघिको आगजनीको मुद्दामा अदालतले सांसद चौधरीसहितका तीनजनालाई ६ महिना कैद र जरिवाना सुनाएको थियो।

बिहीबार नाउपाले सांसद चौधरीलाई निशर्त रिहा गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?