दमौली : टिम नेपो तनहुँले गरेको रक्तदान कार्यक्रममा १३ पिन्ट रगत संकलन गरेको छ। व्यास नगरपालिका-३ स्थित अनसन चौतारीमा शनिवार आयोजित रक्तदान कार्यक्रममा १३ पिन्ट रगत संकलन गरेको हो।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले कार्यक्रमको उद्घाटन गर्दै टिम नेपो गरेको कार्य प्रशंसनीय रहेको बताए ।
उनले पहिला रक्तदान गर्न आर्मी र प्रहरी खोज्नुपर्ने अवस्था रहेको स्मरण गराउँदै अहिले रक्तदान गर्न भीड बढ्नुमा यो समाजको पनि भूमिका रहेको बताए।
टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लियो क्लब , रोटरी क्लब तथा विभिन्न क्लबका प्रतिनिधिको उपस्थित रहेको थियो ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?