मिस कुमाल तनहुँ सिजन–२ को उपाधि व्यास -४ की सरिश्मालाई

दमौली : मिस कुमाल तनहुँ सिजन–२ उपाधि व्यास -४ की सरिश्मा कुमालले  जित्न सफल भएकी छिन् ।  शनिबार साँझ सम्पन्न ५ प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका-४ की सरिश्माले उपाधि चुमेकी हुन् ।

सरिश्मा परासर कलेजमा बिजनेस संकायबाट कक्षा १२ अध्ययनरत छन् ।

त्यस्तै फस्ट रनअरअपको उपाधि अञ्जना कुमालले हात पारिन्, सेकेन्ड रनअरअपको उपाधि नविना कुमाल भने थार्ड  रनअरअप बिमाल कुमाल भइन् । भिवर च्वाइसको उपाधि अस्मिता कुमालले हात पारिन। विजेता सरिश्माले नगद ३० हजार अन्य आकर्षक उपहार हात पारिन् ।

फस्ट रनरअप अञ्जनाले २० हजार रुपैयाँ सहित अन्य आकर्षक उपहार हात पारिन् । साथै सम्पूर्ण बिजेता हरूले बिभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन् ।

विजेताले म्युजिक भिडियोमा अभिनय गर्न पाउने छन् भने दुई वर्षसम्म डान्स तालिम लिन पाउने छन् ।

‘भाषा संस्कृति र जातीको उत्थान, मिस कुमाल तनहुँको अभियान’ भन्ने मुल नाराका साथ गरेको यस इभेन्टको सिजन–१ को विजेता शसि कुमाल हुन् । फस्र्ट रनरअप लालकुमारी कुमाल र सेकेन्ड रनरअप सरस्वती कुमाल भएका थिए ।

एएस क्रियटिभ मल्टिमिडिया एण्ड इभेन्ट प्रालिको मिस कुमाल तनहुँको प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ  ।

१६ देखि २९ वर्षसम्मका अविवाहितहरुको प्रतियोगितामा १० जना प्रतिष्पर्धीहरुको सहभागी रहेको इभेन्टका प्रमुख सुमन कुमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?