पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

काठमाडाैं : पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ ।

उनको आइतबार दुबईको एक अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि विरामी थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए ।

उनी पछिल्लो समय  हिँड्न नसक्ने अवस्थामा पुगेका थिए ।

उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?