वाईसीएल नेपाल तनहुँले बन्दिपुरमा बाढीले क्षती पुर्याएको स्थानमा श्रमदान गरेर ग्याबिन जाली लगाउने कार्यक्रमको उद्घाटन गरेको छ ।
गत असार १६गते बन्दिपुर गाउँपालिका २ खहरेमा बाढीले क्षती पुर्याएकोले उक्त ठाउमा ग्याबिन जाली लगाउने काम सुरु गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशको पुर्व कानुन मन्त्री तथा नेकपा माओवादी केन्द्रका तनहुँ पार्टी इन्चार्ज हरि चुमानले जालीमा ढुङ्गा भरेर कार्यक्रम सुरु गरेका थिए ।
२५ थान ग्याबिन जाली जोखिममा रहेकाले खहरे खोलाको किनारमा २०० जनाको उपस्तिथिमा १७ र १८ गते सन्चालन हुने वाईसीएल नेपाल तनहुँको अध्यक्ष इस्वर बस्यालले जानकारी दिए । उनका अनुसार नेकपा माओवादी केन्द्र बन्दिपुर पार्टी कमिटिको तर्फ बाट पुर्ण क्षती पुर्याइएको ९ घरलाइ १५ १५ हजारको दरले रकम समेत बितरण गरिएको बताए ।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य हेम राज लामिछाने क्षितिज, बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, वाईसीएल नेपाल केन्द्रिय सदस्य सरन सापकोटा, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य द्रोय सुदिन पौडेल, अरबिन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?