वैकल्पिक शक्तिहरुको एकता आवश्यक छ : प्रवक्ता कार्की

दमौली : हाम्रो नेपाली पार्टीका केन्द्रिय सदस्य एवं  प्रवक्ता हरि कार्कीले अहिलेको परिस्थितिमा वैकल्पिक शक्तिहरुको एकता हुनु आबश्यक रहेको बताएका छन् ।

बिहिवार लौरो अभियानको तनहुँ जिल्लाको भेलालाई सम्बोधन गर्दै उनले अहिलको परिस्थितिमा वैकल्पिक शक्तिहरुको एकता गरेर राष्ट्रियको हितको काम गर्नुपर्ने बताएका हुन् ।

” राष्ट्रियताको मुद्दा उठाउने जुनसुकै एकता गरेर जान सकिने सम्भावना हामीसंग रहेको छ , उनले भने : ” हिजो लौरो अभियानलाई पार्टीको रुपमा दर्ता गरिरहँदा पनि वैकल्पिक शक्तिहरुसंग कुरा गरेको थियो , अझै उनीहरुसंग मिलेर जाने प्रयास जारी छ । ”

अन्य पुरानो दलका नेताहरुले पनि देश विकासका लागि योगदान दिएको बताउदै अब राष्ट्र हित काम गर्ने खालको अभियानको आबश्यक रहेको बताए ।

केन्द्रिय प्रशिक्षण विभाग प्रमुख हिमलाल पराजुलीले स्वतन्त्रको नाममा विभिन्न पार्टीको उदय भएपनि उनीहरुले जनताले सोचेको काम गर्न नसकेकोमा दु:ख व्यक्त गरे । ” हाम्रो नेपाली पार्टीलाई मैले बुद्धको दर्शनको रुपमा लिए छु , ” उनले भने ” कांग्रेस एमालेलाई सिध्याउने होइन आफै भित्र जलाउने काम गर्नु पर्छ ”  ।

उक्त भेलमा  गण्डकी प्रदेश सह-संयोजक यथुनाथ सिग्देल, जिल्ला अध्यक्ष एवं प्रदेश कार्यसमिति सदस्य बिष्णु पराजुली, उपाध्यक्ष प्रविन पौडेल, अटेरी अभियन्ता आवास जंग शाही लगायत उपस्थित रहेको थियो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?