काेराेना व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको सीसीएमसकिो बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विद्यालयको पढाइलाई वैकल्पिक विधिबाट अगाडि बढाउने विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो। विद्यालयमा संक्रमण बढी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै विद्यालय र भीडभाड हुने स्थानमा नजान अनुरोध गरेको थियो।
आज बसेको बैठकले कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्नुपर्ने निर्णयको लागि मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?