किसानहरुवाट उत्पादित दूधको मूल्य बढाउन माग

दमौली : किसानहरुवाट उत्पादित दूधको लागत मूल्य नपाएको भन्दै दूध उत्पादन किसानहरुले मूल्य बढाउन पर्ने माग गरेको छ ।

तनहुँ जिल्ला दुग्ध सहकारी संस्था लिमिटेड द्वारा बुधवार पत्रकार सम्मेलन गर्दै आगामी फागुन १ गतेबाट लागू हुने गरी उत्पादित कच्चा दूधको मूल्य वृद्धि नगरे आफूहरुले दूधको मूल्य स्वघोषणा गर्ने सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिए ।

दुग्ध उत्पादक किसानहरुलाई यो पेशामा आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन उत्पादित दूधको मूल्य वृद्धि गर्न संघले सरकार र मातहतका निकायको ध्यानाकर्षण गराएको छ ।

दैनिक उपभोग्य वस्तु लगायत पशुआहारा, दाना, चोकर र कृषि श्रमिकको निरन्तर मूल्यवृद्धि भएपनि विगत लामो समयदेखि कच्चा दूधको मूल्यमा वृद्धि नभएको भन्दै संघले तत्काल मूल्य वृद्धि गर्न माग गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री र सरोकारवाला निकायहरुको पटक पटक ध्यानाकर्षण गराए पनि आफूहरुको माग सुनुवाई नभएको उनीहरुको गुनासो छ ।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लि मा प्रत्येक दिन १४ हजार लिटर थियो कोभिड पछि हाल ४५ सय लिटर मात्र उत्पादन हुँदै आएको जनाएको छ।

हाल सहकारीमा ११ सय ५४ आवद्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?