व्यास-११ मा मानव कंकाल भेटियो

दमौली :  तनहुँको व्यास नगरपालिका – ११ मा मानव कंकाल भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक भानु शर्माले दिएको  जानकारी अनुसार व्यास -११ स्थित निर्बसामुदायिक वनमा मानव कंकाल भेटिएको हो ।

उक्त सामुदायिक वनमा मानव कंकाल भेटिएको सूचना प्राप्त भए लगत्तै तनहुँका प्रहरी प्रमुख अवदेष विष्टको नेतृत्वमा गएको टोली घटना स्थल तर्फ गएको थियो ।

टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । घटनास्थलमा भेटिएको मानव कंकालको पोष्टमार्टमका लागि दमौली अस्पतालमा ल्याईएको जनाएको छ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक शर्माले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?