नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न वडाको अधिवेशनले व्यास नगरपालिका–१ को वडा सभापतिमा दिलबहादुर दरै सर्वसम्मत चयन भएका छन् ।
व्यास नगरपालिकाको सबैभन्दा ठूलो १ नम्बर वडाको सभापति दरैको नेतृत्वमा ३३ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसभापतिमा सोमराज सिग्देल,उपाध्यक्षमा भिम नरसिंह बस्नेत,सचिवमा बिष्णु हड्खले र प्रकाश सुनार,सहसचिवमा सुनिल श्रेष्ठ र सीता गोदार चयन भएका छन् ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधीमा ५६ र नगरमा महिला सहित तीन जना सर्वसम्वत चयन भएका छन् ।
नामावली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?