केन्द्रीय सदस्य भट्टराई भने – रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन पहल गर्छौं

दमौली : नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन पहल गर्ने बताएका छन् ।

शनिवार नेपाल विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पसद्वारा आयोजित वनभोज तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन्त र  त्यागी नेता पौडेललाई राष्ट्रपति बनाउन पहल गर्ने बताएका हुन्  ।

‘सन्त र  त्यागी नेता पौडेललाई राष्ट्रपति बनाउन पहल गर्छौ ‘, उनले भने : केन्द्रका नेताहरु पनि पौडेल दाईले देशका लागि दिएका योगदानको समेत मूल्यांकन गर्नुपर्छ ।”

तनहुँको स्थानीय तह,प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसलाई जिताउन तरुण दल, नेविसंघ जस्ता युवाहरू एकजुट लागिपरेको कुरा स्मरण रहेको उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठले तनहुँको विकासमा नेपाली कांग्रेसले ठुलो हात रहेको धारणा राखे ।

उक्त कार्यक्रम संबिधानसभा सदस्य रामचन्द्र बस्नेत, पुर्व जिल्ला सभापति रघुनाथ पौडेल, जिल्ला सभापति एवं प्रदेशसभा सदस्य जितप्रकाश आले, महाधिवेशन प्रतिनिधि एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, निवर्तमान जिल्ला सभापति एवं व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपाने लगायत उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?