
नेपाली काङ्ग्रेसको १४ औ अधिवेशन अन्तर्गत व्यास नगरपलिका वडा न १४ मा सभापतिमा नरी माया राना विजयी भएकी छिन् । उक्त सभापतिको लागि ३ जना प्रत्यासी उम्मेद्बारी रहेको थियो ।उम्मेद्बारीमा दुर्गा बहादुर आले,नरी माया राना र सरस्वती थापा रहेका थिए । जम्मा १२६ जान कृयसिल सद्स्य रहेको व्यास १४ मा १०५ मत खसेको थियो भने जसमा कुनै पनि मत बदर नभएको निर्वाचन अधिकृत यमलाल थापाले जनकरी दिएका छन ।सहमतिका लागि प्रयास भएतापनी सम्भावना नभएपछी सभापतिको लागि प्रजातान्त्रिक पद्धतिबाट चुनाव प्रक्रियाबाट जनुपरेको नेपाली काङ्ग्रेस व्यास नगरपालिका वडा न १४ का सभापति एबम वडा अध्यक्ष कजिमान श्रेष्ठले बताए ।
उक्त मत परिणामको आधारमा नरी माया रानाले आत्यधिक बहुमत ७७ मत सहित विजयी भएकी छिन् । प्रत्यसी दुर्गा बहादुर आलेले २३ मत र सरस्वती थापाले ५ मत पाएका थिए । क्षेत्रिय प्रतिनिधिमा भने सर्बसम्मत चयन भएका छन । सम्पन्न अधिबेशनमा बोल्दै निबर्तमन केशवटार म. बि का प्रधानध्यापक एबम प्रत्यासी उमेदवार दुर्गा बहादुर आलेले आफु चुनावी मैदानमा हार भएतापनि प्रजातान्त्रिक पद्धतिमा भएको र यसमा आफुले खुसीका साथ स्वीकार गरेको ब्यक्त गरे ।नेपाली काङ्ग्रेस प्रजातान्त्र पार्टी हो तेसैले यो नतिजाले अफुले अझै योगदान गर्न आवस्यकता रहेको भन्दै अगमी दिनम पनि पनि आफ्नो पार्टीलाई योगदान गर्ने बताए । आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै बिजय उम्मेद्बारीहरुलाई सुभकामना तथा धन्यवाद दिएका छन। तेस्तै निबर्तमन नेपाली काङ्ग्रेसका कार्यबाहक सभापति एबम प्रत्यसी अर्का उमेदवार सरस्वती थापाले चुनावी हारलाई अफुले स्वीकार गरेको र सभापतिमा महिला उमेदवार नै बिजय भएकामा आफु खुशी रहेको बताइन् ।हामी चुनावमा हार जित भएता पनि पार्टी एउटै हो तेसैले अफुले सक्ने सहयोग गर्ने बताइन् ।
सम्पन्न चुनावी अधिबेशन कार्यक्रममा बोल्दै व्यास १४ का वडा अध्यक्ष कजिमान श्रेष्ठले बिजय भएका पदाधिकारीलाई शुभकामना तथा बधाई दिदै पार्टीले प्रजातान्त्रिक पद्धतिबाटै चुनाव भएको छ र तेस्लाई सफल बनाउने सबै क्रियाशील सदस्यहरुलाई समेत धन्यवाद दिए साथै अब आउने साथिहरुले पार्टीलाई अझै ससक्त र सु-सगठित हुने बिश्वास व्यक्त गरे ।
नेपाली काङ्ग्रेसको १४ औं अधिबेशनका अत्यधिक मतका साथमा बिजय भएकी नरी माय राना व्यास नगरपलिका कार्यपलिकाका सदस्य समेत ररहेकी छिन् ।सम्पन्न अधिबेशनमा बोल्दै उनले यो मेरो मात्रै जित हैन सबैको जित हो , मैले गरेको काम र योगदान मुल्यांकन गरेर जिताउन सहयोग गर्ने सबै कृयसिल सदस्यहरुलाई धन्यवाद दिदै खुसी सटेका थिइन् ।”अहिलेको २१ औं शताब्दी सम्म आइपुग्दा महिला नेतृत्व पनि उत्तिकै सक्षम छन भनेर जुन बिश्वासले मलाई जिताउनु भएको छ यसमा अफुले सबै नयाँ र पुराना साथीहरूलाई समान व्यबहार गर्दै समग्र व्यास १४ र पार्टीको लागि स्थायित्व कायम गर्ने र पार्टीलाई अझ ससक्त बनाउने जिम्मेवारी पाएको छु तेसलाई प्रतिबद्धता साथ निर्बह गर्छु “उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?