दमौली : नेपाल मगर विद्यार्थी संघ तनहुँले मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ। संघ तनहुँले आउँदो फागुन २ गते प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औं स्मृति दिवसको अवसरमा प्रतियोगिता गर्ने भएको हो।
संघले ” नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रथम शहिद क्या. लखन थापा मगरको योगदान र राज्यको दायित्व “शिर्षकमा मावि स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष विनिता थापा मगरले जानकारी दिइन् ।
तनहुँको व्यास नगरपालिका-१ स्थित मगर सुधा रभवनमा हुने वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।
वक्तृत्वकलाको विजेताले १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार नगद पुरस्कार पाउने छ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?