व्यासले भन्यो : कर्मचारीहरु विच द्वन्द सृजना भएको भनी लेखीएका समाचारहरुमा सत्यता छैन

व्यास नगरपालिका

दमौली : तनहुँको व्यास नगरपालिका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबीचको कर्मचारीहरु विच द्वन्द सृजना भएको भनी लेखीएका समाचारहरुमा सत्यता नभएको बताएको छ ।

नगरपालिकाले आइतबार विज्ञप्तीमार्फत् स्थानीय सरकारलाई कमजोर बनाउने र व्यक्तिपरक गुण दोषका अनुमानका भरमा अतिरञ्जिना पुर्ण समाचार सामाजिक सञ्जालमा प्रेषित गर्ने कार्य दुःख समेत व्यक्त गरेको छ ।

प्रवक्ता जीवन गुरुङद्वारा जारी गरेको विज्ञप्तिमा ” व्यास नगरपालिका भित्र घरबास नभएका कर्मचारीहरुलाई काम विशेषका आधारमा दिइएको घरभाडा, अतिरिक्त सुविधाहरु पुर्नविचार गर्न २०७९ असार महिनामा भएको नगरसभाबाट कटौति गरी सकिएकोमा सोहि कारणले कर्मचारीहरु विच द्वन्द सृजना भएको भनी लेखीएका समाचारहरुमा सत्यता छैन । ”  

व्यास नगरपालिका भित्र भएका विगत केहि समयमा देखिएका कर्मचारीहरु विचका शैलिजन्य समस्याहरुका बारेमा सामाजिक सञ्जालका टिका टिप्पणी र केहि राजनैतिक दल, युवा संघ संगठनबाट राखिएका जिज्ञासाका सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ  ।

नगरपालिका भित्र सृजना भएका समस्याहरु समाधान गर्न नगर कार्यपालिकाका जनप्रतिनिधिहरुमा ऐक्यबद्दता  रहेको र विभिन्न आधारमा प्रयासहरु भइरहेको सम्बन्धित सबैमा अनुरोध नगरवासीमा अनुरोध गरेका छन् ।

केही समय अगाडी दमौली अनलाइन लगायत विभिन्न संचारमाध्यमबाट व्यास नगरपालिकाको प्रशासकीय अधिकृत र कर्मचारी प्रकरणबारे समाचार प्रकाशन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?