दरै समाज तनहुँको अध्यक्षमा ठाकुर

दमौली : दरै समाज तनहुँको अध्यक्षमा ठाकुर  बहादुर दरै  चयन भएका छन् । समाजको चौथो अधिवेशनबाट ठाकुरको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा बेल बहादुर दरै, सुक बहादुर दरै र युवराज दरै,सचिवमा बिजय दरै ,कोषाध्यक्षमा आशा दरै, सह-सचिवमा विकास दरै, विजय दरै चयन भएका छन्  ।

सदस्यहरुमा बल बहादुर दरै,फुलमती दरै, विष्णु बहादुर दरै, कृष्ण बहादुर दरै, वीर बहादुर दरै, पहल सि दरै, जनकराज दरै चयन भएका छन् ।

तनहुँको व्यास नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा दरै जातिको बसोबास रहेको छ । विशेषगरी व्यास नगरपालिकामा दरै जातिको बसोबास बढी रहेको छ ।

जिल्लामा करिब २० हजार जनसंख्या रहेको तथ्याङ्कमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?