काठमाडौं : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेताहरूलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गरेका छन् ।
मंगलबार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टीको जनसम्पर्क समन्वय समिति संयोजकसमेत रहेका ढकालले ४० वर्ष उमेर पुगेका विद्यार्थी नेताहरूलाई संगठनबाट बिदा हुन आग्रह गरेका हुन् ।
“म त के चाहन्छु भने ४० को हाराहारीमा पुगेका साथीहरू अब अखिलमा मरिमेटेर नेतृत्वमा रहने भन्दा मलाई लाग्छ तपाईं ४० वर्षको साथीहरू अब म एमालेको नेतृत्व गर्छु भन्ने हिम्मतका साथ यो मैदानमा आउनुभयो र तपाईंहरूले कम्तीमा एमालेको नेतृत्व लिएर अगाडि बढिदिनुभयो भने मलाई लाग्छ हाम्रो नेतृत्वले पनि त्यसमा खुसी मान्नेछ,” ढकालले भने ।
भूगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै उनले भूगोलमा गएर पार्टीको काम गर्न सुझाव दिए । संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेताहरूलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने पनि उनको भनाइ छ ।
उनले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?