
दमौली : “सम्पुर्ण मगर विद्यार्थी एक हौ,शैक्षिक जागरण फैलाऔ”भन्ने मुल नाराको साथमा नेपाल मगर विद्यार्थी संघ तनहुँले मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्रा कस्मी दवाडी प्रथम भएकी छिन् ।
द्धितिय पराशर अ.माविका छात्रा प्रिन्सेस तामाङ, तृतीय जलदेवि मा.वि का छात्रा कविता आले र सान्त्वना सत्यवती मा.वि का छात्र उत्सव लोहनी भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्धितिय हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार र सान्त्वना हुनेले २ हजार नगद प्राप्त गरेको नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष विनिता थापा मगरले जानकारी दिइन् ।
विद्यार्थी संघ तनहुँले मंगलबार प्रथम शहिद क्या. लखन थापा मगरको १४६ औं स्मृति दिवसको अवसरमा ” नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रथम शहिद क्या. लखन थापा मगरको योगदान र राज्यको दायित्व “शिर्षकमा मावि स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता गरेको थियो ।
प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका १३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?