काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आफू संसदमा जनताको आवाजलाई बुलन्द गर्न आएको बताएका छन् ।
संसदमा रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको टिप्पणी गरेका हुन् ।
नले भने, ‘युवाहरुले राजनीतिलाई पषड्न्त्र र जालझेलको रुपमा बुझेका छन्। आशा गरौं यो पाँच बर्षमा हामीले यो परिभाषालाई परिवर्तन गर्न सकौँ र यो डामाडोल देशलाई ट्रयाकमा ल्याऔं ।’
उनले भने, ‘मैले बनाउने चलचित्रमा पात्रहरु स्पष्ट हुन्छन्। नायक र खलनायक स्पष्ट हुन्छ । यहाँ नायक र खलनायक चिन्न गाह्रो भयो। अस्तिसम्म नायक देखिएका पात्र खलनायक देखिन थाले । खलनायक जस्ता देखिएका पात्र नायकजस्ता देखिन थाले । अहिले हाम्रो पात्रलाई कहिल्यै नआउने गरी डाँडा कटाइएको छ । तर, अहिले मध्यान्तर पनि भएको छैन, हाम्रो पात्र आउँछन् ।’








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?