अन्तरविद्यालय बास्केटबलको दुवै उपाधि सत्यवतीलाई

दमौली : तनहुँको दमौली हैरान्स क्लवद्वारा आयोजित प्रथम छात्र तथा छात्रा अन्तरस्कुल बास्केटबल टुर्नामेन्टको दुवै उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ ।

साेमबारदेखि व्यास नगरपालिका–३ खेलमैदानमा आयोजित छात्रा बास्केटबल प्रतियोगितामा छात्रातर्फ पराशर कलेजलाई पराजित गरी छात्रातर्फको उपाधि जितेको हो । सत्यवतीले पराशर कलेजलाई ४- ० पराजित गरेका हुन् ।

त्यसैगरी, छात्रतर्फ बास्केटबल प्रतियोगितामा सत्यवतीले बाराही कलेजलाई २६–२० ले पराजित गरी उपाधि उचालेको हो ।

व्यास नगरपालिका वडा नं. ३ का अध्यक्ष अनुप रानाले प्रतियोगिताको  सामपन कार्यक्रमलाई सम्बोधन गर्दै संगतले यस्ता प्रतियोगिताहरूले विद्यार्थीले आफ्नो क्षमता उजागर गर्ने अवसर पाउने बताए ।

प्रतियोगितामा छात्रतर्फ निर्मल मावि, सत्यवती मावि, व्यास बोर्डिङ स्कूल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेज गरी ८ टिमको सहभागि रहेको थियो ।

छात्रातर्फ बाराही कलेज, सत्यवती मावि, व्यास बोर्डिङ स्कूल, निर्मल मावि, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कूल गरी ७ टिमको सहभागि रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?