गण्डकीमा भोलि फागुन ४ सार्वजनिक बिदा

दमौली : ​सरकार स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले भोलि  फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार २०७८ सालको चैत १८ गते तत्कालीन मन्त्रिपरिषद्ले फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

गण्डकी प्रदेश सरकारले यो बाहेक अन्य तीन दिनका लागि पनि बिदाको घोषणा गरेको छ।

प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती र असोज २३ गते कोजाग्रत पूर्णिमामा बिदा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?