तनहुँमा निषेधाज्ञा खुकुलो : पार्टी प्यालेस खोल्न पाइने, विद्यालय खोल्ने निर्णय स्थानिय तहले गर्न सक्ने

तनहुँ जिल्लामा सबै क्षेत्र खुल्ला हुनेगरी भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाई सबै क्षेत्र खुल्ला गर्ने  निर्णय गरेको हो । अब सबै खाले व्यवसाय साँझ ७  बजे सम्म खोल्न पाउने भएको छ ।यसअघि होटल सॉझ ६ बजेसम्म संचालन गर्न पाएकोमा अब होटल व्यवसाय राति ९ बजेसम्म खुल्ला गर्न अनुमति दिइएको छ ।

स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि कूल क्षमताको ५० प्रतिशतमा नबढ्ने गरि साँझ ६ बजेसम्म पार्टी प्यालेस खोल्न पाइने भएको छ ।त्यस्तै स्वास्थ्यको पूर्ण पालना गरि २५ जना भन्दा नबढ्ने गरि न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको छ ।

चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै तनहुँका विद्यालय खोल्ने/नखोल्ने निर्णय स्थानिय तहलेनै गर्ने भएका छन् ।डीसीसीएमसीको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर स्थानिय तहले नै निर्णय गर्न सक्ने भएको छ  ।

“विद्यालय सिकाई सहजीकरण निर्देशिका, २०७७” र “कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८” मा उल्लेखित सूचक अनुसार जोखिमको स्कोरिङ तथा विश्लेषण गरि विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानिय तहले निर्णय गर्न सक्ने आदेशमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?