हिरासतबाट छुटे कलाकार ‘म्याकुरी’

विराटनगर : मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा हिरासतबाट छुटेका छन्।बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जानकारी दिए।

मंगलबार राति बेलबारी नगरपालिका-१ स्थित एक होटलमा मापसे गरी कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको थियो।  उनी र सोही ठाउँका रमेश भण्डारीले बेलबारी-४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए। त्यसपछि प्रहरीले उनीहरू दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेको थियो।

पीडितले कार्यालयमा जाहेरी दिएको थिएन। बुधबार अपराह्न कार्यालय पुगेका पीडित पक्षले मिलापत्र गरेसँगै उनीहरू छुटेका हुन्।

पवन खतिवडाको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित सर्ट भिडिओमा ‘म्याकुरी’ थेगोले उनी चर्चित छन‍्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?