कांग्रेस नेता भण्डारीकी आमा हरिकलाकाे उपचारका क्रममा निधन

काठमाडौं : ग्यास सिलिन्डर विस्फोटमा परी घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनकाे आज बिहान निधन भएकाे हाे । बिहीबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछाेरा गम्भीर घाइते भएका थिए ।

‘आमाकाे बिहीबार बिहान निधन भयाे’, अस्पताल स्राेतले भन्याे । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लैजाने तयारी भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?