टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ४२,००० नाघ्यो

काठमाडौं : टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ४२,००० नाघेको छ ।

गत हप्ताको सोमबार (फेब्रुअरी) बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट टर्कीमा मात्र ३६,१८७ जनाको मृत्यु भएको छ ।

सिरियामा ५,८०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले सिरियामा ५३ लाख मानिस घरबारविहीन भएको आशंका गरेको छ । राष्ट्रसंघले करिब ९ लाख जनालाई तत्काल खाद्यान्नको आवश्यकता रहेको जनाएको छ ।

राष्ट्रसंघले सिरियामा प्रभावित पाँच लाख भूकम्प पीडितका लागि ३९७ मिलियन डलरको आवश्यकता रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?