
दमौली : तनहुँका नेताहरुले विभिन्न प्रजातन्त्र,गणतन्त्र र लोकतन्त्रले व्यवस्था परिवर्तन भयो ,तर जनताको अवस्था परिवर्तन नभएको बताएका छन् ।
७३ औं प्रजातन्त्र दिवसको अवसरमा आइतबार वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले आयोजन गरेको विमर्श कार्यक्रममा आ-आफ्नो मन्तव्य राख्दै जनताको अवस्था परिवर्तन नभएको बताएका हुन् ।
नेपाली कांग्रेसका नेता एवं संबिधानसभा सदस्य रामचन्द्र पोख्रेलले दासमालिकबाट भएको चरम शोषण, उत्पीडनका विरुद्ध दासको सङ्गठित शक्तिले लामो सङ्घर्ष गरेको परिणामस्वरूप दासव्यवस्था अन्त्य भए पनि अहिले जनताको अवस्था परिवर्तन आउन नसकेको बताए । ” तपाई हाम्रै कमजोरीका कारण यस्तो हुदैछ ” उनले भने : ” राज्य संचालन गर्ने व्यक्तिमा सुधार आए मात्र अवस्था परिवर्तन हुनेछ ”
पुर्व मन्त्री आशा कोइरालाले विभिन्न संघर्ष गरेर व्यवस्था परिवर्तन परिवर्तन गरेपनि समाज अवस्था परिवर्तन हुन् सक्नुमा दु:ख लाग्दो बिषय रहेको बताए । अबको राजनीति समाजवाद तर्फ उन्मुख हुनुपर्नेमा उनले जोड दिए ।
नेकपाका पुरानो नेता सुर्यमणि आचार्यले अहिलेको व्यवस्था परिवर्तन गर्न सकेन भने हजारौ रविहरु जन्मिने बताए । उनले हामी संघर्ष गरेर प्राप्त गरेको व्यवस्था पनि केही काम लाग्न नसक्नेको गुनासो पोखे ।
कार्यक्रममा बोल्दै प्रा.डा. कृष्ण गौतमले प्रजातन्त्रका शुन्दर पक्षका बारेमा बिर्मश हुन छाडेको बताए । प्रजातन्त्रको रक्षाका लागि प्रजातन्त्रका आधार स्तम्भलाई सवल बनाएर लैजानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एक बहादुर रानाले प्रजातन्त्र स्थापना भएको झण्डै ४ दशकमा जनतालाई खुशी बनाउन नसकिएको बताए । जनतलाई खुशी बनाउन नसके ब्यवस्था परिर्वत हुन सक्ने समेत नेता रानाले बताए ।
व्यास नगरपालिकाका प्रथम नगरप्रमुख तारा प्रसाद श्रेष्ठले दलहरुका गतिविधिले दलहरु प्रति वितिष्णा बढ्दै गएको बताए । अहिले आफुलाई नेपाली कांग्रेसको कार्यकर्ता भन्न पनि लाज लगेर आउने बताए ।” प्रदेशको त केहि काम छैन रहेछ, किन चाहियो प्रदेशमा माननीयहरु” उनले भने : प्रदेश मन्त्री भन्नेहरु त मेरो घरमा आएर २ घण्टा गाफ गरेर जाने गर्थे ”
नेकपा माओवादी केन्द्रका वैकल्पीक केन्द्रीय सदस्य राजेन्द्र केशरी न्यौपानले विचारलाई भन्दा चुनावलाई प्रदान बनाउँदा समस्या भएको बताए ।
नेपाली कांग्रेस तनहुँका पुर्व सभापति रघुनाथ पौडेलले राजनीतिमा ब्यापारीकरण भएको बताए । अब राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन पनि नसक्ने अवस्थामा पुगेको बताए ।
पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष डम्बर बहादुर अधिकारीले परिर्वतन संस्थागत गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए । विभिन्न समय समयमा भएको संघर्षले व्यवस्था परिवर्तन भए अब जनताको अवस्था परिवतर्न गर्ने तर्फ लग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष श्रीराम कार्कीले ब्यवस्था भित्रका खरावीहरुलाई पहिचान गरेर समाजवादको लक्ष्यमा अगाडी बढ्नु पर्ने बताए । अहिलेका कुनै एक कम्युनिष्ट नेताले राजा चाहियो भन्दै हिड्नु भनेको हाम्रो लागि दुखको बिषय रहेको कार्कीले बताए ।
भानु नगरपालिकाका पुर्व नगरप्रमुख उदयराज गौलीले अहिलेको संविधानमा बहुमत नल्याए शासन चलान नपाउने र बहुमत ल्याउन संविधान अनुसार कसैले नसक्ने भएका कारण समस्या भएको बताए । नेपालको आर्थिक अवस्थाले धन्न नसक्ने मन्त्रीहरु, प्रदेश मन्त्री, जिल्ला समन्वय, पालिका बोर्ड सदस्य आवश्यक नरहेको बताए ।
वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीको अध्यक्षता भएको कार्यक्रममा पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओमकार आचार्य, अध्यक्ष उज्वल पौडेल, राजनीतिक दलका प्रतिनिधि , संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?