
दमौली : तनहुँको डुम्रेमा रहेकाे एक सुनचाँदी पसलमा आइतवार राती आगलागी भएको छ। बन्दिपुर गाउँपालिका-१ स्थित डुम्रे बजारमा रहेको रोहित विकले सन्चालन गर्दै आएको पोखरा सुनचाँदी पसलमा हिजो साझ ९:३० बजे एक्कासी आगलागी भएको हो।
स्थानिय र प्रहरीको संयुक्त प्रयासमा करिब १०:०० बजेतिर आगलागी नियन्त्रणमा आएको थियो। छोटो समयमै आगलागी नियन्त्रणमा आएको हुँदा थप क्षति हुन नपाएको स्थानिए व्यापारी सुनिल श्रेष्ठले बताए।
आगलागी भएको खबर प्राप्त भए लगत्तै बन्दीपुर गाउँपालिकाको बारुणयन्त्र घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार बिजुली सर्ट भएर आगलागी हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
उक्त आगलागीबाट पसलको पुरै भाग जलेको छ,भने क्षति के कति भयाे भन्ने बारे एकिन विवरण नआइसकेको र बिहान क्षतिको विवरण संकलन गरीएपछि मात्र यथार्त विवरण प्राप्त हुने बन्दीपुर गाउँपालिका -१का वडाध्यक्ष शिव कुमार श्रेष्ठले बताए।
थप क्षति हुन सक्ने सम्भावना रहेको हुँदा बन्दीपुर गाउँपालिकाको बारुणयन्त्र घटनास्थलमा नै तैयारी अबस्थामा राखिएको समेत वडाध्यक्ष श्रेष्ठले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?