थर्पुबाट लागुऔषध सहित एक जना पक्राउ

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित घुम्तीबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी सुनवल नगरपालिका–१ स्थायी घर भएका घुम्तीमा डेरा गरी बस्ने २१ वर्षीय अजयबहादुर सार्की रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रहरीले शुक्रबार सार्कीको कोठा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा ३३ एम्पुल लागुऔषध बरामद गरेको प्रहरी नायब उपरिक्षक खाँणले बताए।

निजविरुद्ध सोमबार तनहुँ अदालतबाट दश दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?