दमौली : तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा ६१ बर्षीय वृद्धलाई दाउराले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३९ बर्षीय सन्तबहादुर सुनार रहेका छन् ।
सुनार वर्ष ६१ को जितबहादुर घिमिरेलाई सालको दाउराले टाउको समेतको संवेदनशील अङ्गहरूमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए ।
सुनारले सोमबार बिहान दाउराले हानी गम्भीर घाइते बनाएकोमा घाइते घिमिरेको चरक मेमोरियल अस्पताल पोखरामा उपचारको क्रममा सोमबार दिउँसो २:०० बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक खाँडले बताए ।
उक्त घटनामा संलग्न सुनारलाई नियन्त्रणमा लिई सोमबार नै तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?