हेटौंडा : पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगली हात्तीको आक्रमणमा गम्भीर घाइते भएकी मकवानपुरको मनहरी-४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारीको उपचारको क्रममा मृत्यु भएको छ ।
सोमबार बिहान घर नजिकै बसिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
उनलाई हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार लागि ल्याइएकोमा थप उपचारको लागि आजै दिउँसो चितवनको नयाँ मेडिकल कलेज रिफर गरिएको थियो ।
हात्तीको आक्रमणबाट मेरुदण्डसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको अधिकारीको उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हात्ती आक्रमणकै कारण वृद्धा गम्भीर घाइते भएसँगै आक्रोसित बनेका स्थानीयहरुले गाउँपालिकामा रहेको निकुञ्ज क्षेत्रको चेकपोष्टमा तोडफोड गरेका थिए ।
निकुञ्जले हात्ती नियन्त्रणमा लिन नसकेको भन्दै आक्रोसित बनेका स्थानीयले निकुञ्जको ना १ झ ९८८ नम्बरको जिप तोडफोड गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?