तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा पबिन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी बैकुण्ठनाथ मिश्रलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन् ।
कुल १ हजार ४ सय ९४ कुल मत खसेकोमा पबिन्द्र कुमार श्रेष्ठले ८ सय ६ मत प्राप्त गरे । उनका प्रतिपष्पर्धी बैकुण्ठनाथ मिश्रले ६ सय ६५ मत प्राप्त गरे भने २३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।विजयी श्रेष्ठले १ सय ४१ भोट बढी पाएर जीत हासिल गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?