दमौली : तनहुँ कारागारमा कैद सजाय भुक्तान गरिरहेका कलारका पल शाह (पूर्णविक्रम) ले जेलभित्रै केक काटेर जन्मदिन मनाउने भएका छन्।
बुधबार फागुन १० गते कलाकार शाहको जन्मदिन हो। सो अवसरमा कलाकार शाहले जन्मदिन मनाउन पाउनु पर्यो भन्दै जेलर नारायणप्रसाद अधिकारीसँग अनुमति मागेका थिए। उनको आग्रहपछि जन्मदिन मनाउन अनुमति दिइएको जेलर अधिकारीले जानकारी दिए।
शाहले आफ्नो जन्मदिन सेलिब्रेसन गर्नका लागि नायिका पूजा शर्मादेखि नायक शोभित बस्नेत, योगेशकाजी बज्राचार्य, गणेश गिरीसम्म आउने भन्दै नाम समेत टिपाएका थिए।
अन्य विभिन्न व्यक्तिहरु पनि अहिले कारागार आउँदै शाहलाई शुभकामना दिँदै बिदा भएको जेलर अधिकारीले बताए। जन्मदिन मनाउनका लागि शाहले एउटा केक समेत अर्डर गरेका छन्। कलाकारको साथमा जेलभित्रै जन्मदिन मनाउने शाहको योजनामा जेल प्रशासनले साथ दिएको छ।
एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको घटनामा दोषी ठहर भएपछि उनी तनहुँ कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन्। उनले नवलपुरको फैसला विरुद्ध उच्चमा दिएको पुनरावेदन मुद्धामा उच्चले दुवै पक्षलाई झिकाउन आदेश दिइसकेको छ ।
नेपाल लाइभ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?