नेपाली काँग्रेस व्यास नगर सभापतिमा मिश्रको उम्मेदवारी घोषणा

नेपाली काङ्ग्रेस व्यास नगरको नगर सभापतिमा बैकुण्ठनाथ मिश्रले उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नगर सभापति पदका लागि उम्मेदवारी दिने भएका हुन् ।

” नेपाली काङ्ग्रेस हाम्रो गौरव, हाम्रो भरोसा र हाम्रो भबिष्य ” मुल नारालाई आत्मसात गर्दै लामो समयदेखि राजनीतिकमा सक्रिय देखिएका मिश्रले नयाँ सोचका साथ पार्टीलाई अगाडि बढाउने बताए । उनले व्यासका  काँग्रेसलाई अझ संगठित बनाउँदै आगामी जिल्ला, प्रदेश र केन्द्रको निर्वाचनमा पार्टी प्रतिनिधिलाई जिताएर काँग्रसेको दर्बिलो उपस्थितिको सन्देश प्रवाह गर्ने बताए । ‘पार्टीको आगामी नगर अधिवेशनमा मेरो सभापति पदमा उम्मेद्वारी रहनेछ,’ उनले भने, सबैबाट साथ सहयोग र समर्थन यसरी नै पाइरहने पूण विश्वासमा छु । मलाई विश्वास छ, यहाँहरुले नगरको सभापति बनाउनु हुनेछ ।’

मिश्रले पार्टीसँगसँगै सामाजिक संघ संस्थामा रहेर काम गरिसकेका अनुभवी व्यक्तिमा पर्छन् । तनहुँ उधोग बाणिज्य संघ दमौली बजार इकाईका अध्यक्ष ,तनहुँ उधोग बाणिज्य संघका महासचिब लगायत अन्य क्षेत्रमा पनि  कार्यकुशलता प्रस्तुत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?