
नेपालमा ” नेपाल साइकल उत्सव ” आयोजना हुने भएको छ। यही भदौ २४ देखि असोज २१ गतेसम्म विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा आयोजना गरिएको नेपाल साइकल उत्सव इलामको श्री अन्तु देखि सुरु हुदै मुगु जिल्लाको रारा तालमा गएर समापन हुनेछ जसमा नेपालका २६ वटा जिल्लाहरुको जम्मा १७७० किलोमिटर भ्रमण गर्नेछ। नेपालमा “नेपाल साइकल उत्सव” मनाउन लागेको यो दोस्रो पटक हो । देशको २६ वटा जिल्ला मध्ये ईलाम, धनकुटा,सुनसरी, उदयपुर,सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,भक्तपुर,काठमाडौं,ललितपुर,धादिङ,गोरखा,तनहुँ,लमजुङ,कास्की,बाग्लुङ, रुकुम,पुर्ब रुकुम, जाजरकोट, सुर्खेत दैलेख,अछाम,जुम्ला र मुगु गरि २६ जिल्लाहरु समाबेश हुनेछन।
नेपाल साइकल उत्सवमा भाग लिन ब्यास नगरपालिका वडा न. १० निवासी २४ बर्षिय विनोद सापकोटाले भाग लिने भएका छन् । उनले दमौली आनलाइन संग कुरा गर्दै ब्यास नगरपालिकाको प्रतिनिधित्व गर्दै नेपाल साइकल उत्सव भाग लिन उनलाई दमौली साइकल स्टेशनको पूर्ण साथ रहेको बताउछन । दमौली साइकल स्टेशनका प्रोपाइटर प्रजिन श्रेष्ठले ब्यासलाई देशको शान्त र सुन्दर सहरको रुपमा मात्रै नभई साईकलिङमा पनि परिचित गराउने र देशमा थला परेको पर्यटन क्षेत्रलाइ सुधार्न गर्नको लागि सहयोग गर्न साथै “देश घुमौं स्वास्थ्य र हौं” भने मुल नाराका साथ आयोजना हुन लागेको समेत दमौली आनलाइनलाई जानकरी दिए ।
सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। कोभिड–१९ को महामारीको कारणले भ्रमण वर्ष भने घोषणापत्रमै सिमित हुन पुग्यो । नेपालको अर्थतन्त्रमा ८० अर्व बराबरको विदेशी मुद्राआर्जनमा योगदान गर्दै आएको पर्यटन क्षेत्रमा कोभिड–१९ को महामारीको सबैभन्दा ठूलो मार परेको छ । सरकारले २०२१ लाई भने आन्तरिक पर्यटन भ्रमण वर्षका मनाइने यस अघिको सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताएका थिए ।पछिल्लो अवस्थामा सरकार परिबर्तन भईसकेको छ तर कोभिड–१९ अवस्था पनि यथावत नै रहेको छ । सरकारले देसमा लकडाउन केहि खुकुलो गरेता पनि पूर्ण रुपमा खुलिसकेको भने छैन कोरोना भाईरस विरुद्धको खोप प्रयोगमा आउन शुरु भएको छ । खोप शुरु भए पनि अझै एक वर्ष ठूलो मात्रामा विदेशी पर्यटक आइहाल्ने अवस्था छैन, यो समयमा नेपालको पर्यटन बजारलाई मर्न नदिने भनेकै आन्तरिक पर्यटकले हो ।’यसको लागि सरकारले नीति योजनाहरु कार्यन्वयनको जरुरि देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?