दमौली : तनहुँको दमौलीमा जारी पालिका स्तरीय भलिवल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले हात परेको छ ।
तनहुँको व्यास नगरपालिका -३ दमौलीको खुल्ला मैदानमा योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) तनहुँ जिल्ला कमिटीद्वारा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिता “प्रथम शहिद स्मृति कप “को उपाधि शुक्लागण्डकी नगरपालिकाले हात परेको हो ।
प्रतियोगितामा बन्दीपुर गाउँपालिकालाई पराजित गर्दै शुक्लागण्डकी नगरपालिकाले उपाधि हात पारेका हुन् ।
उपाधि हासिल गरेको शुक्लागण्डकी नगरपालिकाले ५० हजार नगद सहित मेडल तथा टर्फी हात पारेको छ । ११ वटा टिमको सहभागिता रहेको खेलमा बन्दीपुर गाउँपालिका उपविजेता बन्दै २५ हजार नगद हात पार्यो ।
त्यस्तैगरी तेस्रो स्थान हात पर्दै ऋषिङ गाउँपालिकाले १० हजार गद सहित मेडल तथा टर्फी हात पारेको छ ।
११ टिमका खेलाडी मध्ये शुक्लागण्डकीका प्रेम बहादुर कुमाल ले उत्कृष्ट खेलाडिको उपाधि हात पारेका छन् ।
यस्तै उत्कृष्ट स्पाईकरमा शुक्लागण्डकीका जीवन कुमाल, उत्कृष्ट सेटरमा बन्दीपुरका सुजन बिक र उत्कृष्ट ब्लकरमा रमेश कुमार गुरुङ उत्कृष्ट बन्दै उपाधि हाँसिल गर्न सफल भएका छन् ।
प्रतियोगिताको समापन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री हरि बहादुर चुमानले खेलकुद क्षेत्रको बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?