नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नेपाल महिला संघ तनहुँले दमौलीको अन्नशन चौतारी स्थित खुल्ला मैदानमा मा रमाइलो नाचगान कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
हरितालिका तीज पर्व विगतको वर्षहरूमा हर्षल्लासका साथ मनाइँदै आए पनि यस वर्ष कोरोन भाइरसको महामारी तथा बिहानै देखि को अविरल वर्षाको कारण आयोजन गरेको नाचगान कार्यक्रम हुन नसक्ने चिन्तामा रहे पनि आयोजक नेपाल महिला संघ तनहुँको टीम जब पानी बिदा भए लगतै तीजको गीत बजाउन थाल्यो तब कार्यक्रम स्थलमा दर्शक हरुको गुइँचो बढ्न थाले कार्यक्रमको सञ्चालक एवं महिला शिक्षक संघ तनहुँको अध्यक्ष शर्मिला पौडेलले बताइन् ।
उक्त कार्यक्रममा उपस्थित महिलाहरुले आफनो नृत्य प्रस्तुति सँगै लोकगीत पनि पस्केका थिए । आजको कार्यक्रम भाषण एवं प्रशिक्षण नभएर यो कार्यक्रम रमाइलो लागि आयोजन गरेको आयोजक टिमले दमौली अनलाईनलाई बताए ।
महिला संघ तनहुँ जिल्लाका सभापति एवं जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलको सभापतित्व आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य माननीय रामचन्द्र पोख्रेल , गण्डकी प्रदेश सभा सदस्य माननीय सरिता गुरुङ्ग, गण्डकी प्रदेश सभा सदस्य माननीय डावाटे वि.क. , जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र नेपाल महिला संघका क्षेत्रीय सचिव विनु श्रेष्ठ लगायतका दर्जनौं महिलाहरुको समुह उपस्थित रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?