रेबिज रोग नियन्त्रणका लागि १ सय ५४ कुकुरको बन्ध्याकरण

दमाैली : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले रेबिज रोग नियन्त्रणका लागि सामुदायिक र घरपालुवा गरी १ सय ५४ वाट कुकुरको बन्ध्याकरण गरेको छ ।अस्पतालमा शुक्रवार देखि सुरु भएको बन्ध्याकरण शिविरमा १ सय ५४  कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए।

व्यास नगरपालिका क्षेत्रमा रहेका सामुदायिक कुकुर, तनहुँका विभिन्न स्थानीय र गोरखा, लमजुङ  घरपालुवा कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिज रोग विरुद्धको खोप लगाइएको थियो ।

सन् २०३० सम्म कुकुरको टोकाइले हुने रेबिज रोगबाट मानिसको मृत्यु शुन्य पार्ने लक्ष्य सहित शिविर आयोजना गरिएको डा. श्रेष्ठले बताए।

मनुमित्रले सामुदायिक कुकुरसम्बन्धी नीति निर्माण गर्न आवश्यक रहेको औँल्याएको छ । हरेक प्रकारका कुकुरको आयु १२ देखि १५ वर्ष हुने हुँदा मनुमित्रले समाजमा रेबिज शिक्षाका कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम लगायतका विभिन्न काम गरिरहेको बताइएको छ ।

केन्द्रले यो वर्षमा तीन पटक सम्म कुकुरको बन्ध्याकरण गरेको गरेको बताएको छ  । यो कार्यक्रम केवल कार्यक्रम तनहुँका विभिन्न तनहुँ स्थानीयहरुमा संचालन गर्न लागिरहेको जनाएको छ ।

कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?